बुटवलमा बढ्दै सडक बालबालिका, गरीबी र पारिवारिक कलह कारण « Khabarhub

बुटवलमा बढ्दै सडक बालबालिका, गरीबी र पारिवारिक कलह कारण


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • नारायण ओली

बुटवल– पछिल्लो समय बुटवलका सडकहरुमा सडक बालबालिकाको उपस्थिति बढ्दै गएको पाइएको छ । बुटवलका सडकलाई आफ्नो बासस्थान बनाउने बालकालिकाको संख्या बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् ।

विगतका वर्षदेखि बुटवलको शहरी क्षेत्र भित्र रहेका सडकहरुमा यस्ता बालबालिकाको संख्या वृद्धि भएको हो । उनीहरुले सडक पेटीलाई नै आफ्नो वासस्थान बनाउँदै आएका छन् ।

पारिवारिक तथा आर्थिकस्थित कमजोर भएका कारण विद्यालय भर्ना हुन नसक्ने अवस्था भएपछि केहीवर्ष यता बुटवलका सडकहरुलाई आवास बनाउँदै आएको कपिलवस्तु घर वताउने अनिल परियारले बताए ।

बुटवल उप–महानगरपालिका अन्र्तगत पर्ने नेपालगञ्जरोड, पाल्पा रोड र पुप्पलाल पार्कलाई आफ्नो आवास वनाउँदै आएका छन् । चिसो मौसममा पनि उनीहरु सडकमा नै रात काट्न बाध्य हुने गरेका छन् ।

सडकमै भेटिएका एक बालक सन्दिप क्षेत्रीले दिनभर कवाड उठाउने र साँझ परेपछि सडकमै सुत्ने गरेको बताए । तर स्थानीयले भने सडक बालबालिका मध्ये केही भने चोरी, लागुऔषध ओसारपसार र सेवनमा पनि संलग्न हुने गरेका छन् ।

दाङ, कपिलवस्तु, अर्घाखाँची, वाग्लुङ्ग, स्याङ्गजा र रुपन्देही लगतायतका वालकहरु सडकपेटीमा भेटिन्छन् ।

गरीबी, घरेलु हिंसा, दोस्रो विवाह पछि अभिभावकहरुबीचको सम्वन्ध, घरायसी तनावका कारण आफूहरु सडकमा बस्न बाध्य भएको उनीहरु बताउँछन् । धेरै जसो घरपरिवारमा समस्या भएपछि सडकमा आउने गरेको केही सयमदेखि बुटवलको सडकमा बस्दै आएका दाङ पहरुवा घर बताउने निर्मल चौधरीले बताए ।

विद्यालय जाने उमेरका सडक वालकहरु खुल्ला आकाशमुनी सडक पेटीमा दैनिकी बिताउँदै आएका छन् । शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण र व्यक्तित्व विकासको अवसर बाट बञ्चित हुन पुगेका सडक बालकहरु जोखिमपुर्ण कार्य एंव लागु औषध तथा धुम्रपान सेवन जस्ता कुलतमा संलग्न रहेन गरेका छन् ।

स्थानीय निकायहरुले बुटवलका सडकहरुलाई सडक बालबालिका रहित वनाउने संकल्प गरेपनि तर सो संकल्प अनुसार अगाडि वढेको नदेखिएको स्थानीय समाजसेवि मिलेन्द्र श्रेष्ठले बताए । बुटवलमा सडक वालक सम्वन्धि काम गर्छाै भन्दै सरकारी निकायवाट रकम निकासा गर्ने संघसंस्था भएको भएपनि उनीहरुले त्यसअनुरुप काम नगरेको उनको आरोप छ ।

नेपालमा बालबालिका सम्बन्धि काम गर्ने धेरै सरकारी र गैरसरकारी संस्थाहरु भएपनि डक बालबालिका व्यवस्थापन पक्षमा भने कमजोर देखिएको छ । यस्ता बालबालिकालाई राज्यले पनि वेवास्ता गर्दै आएको देखिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ३ : ०४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी