एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली « Khabarhub

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताएका छन्।

भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशाला उद्‌घाटन गर्दै अध्यक्ष ओलीले देश सङ्कटपूर्ण अवस्थामा रहेकाले पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्ने बताए।

उनले व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा केन्द्रित हुनुपर्ने समय आएको बताउँदै जनसङ्गठनहरू एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।

देश र जनताको हितमा सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए। दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर तथा एमालेबाट मन्त्री पदमा शपथ लिएका दुई मन्त्रीलाई सम्मान गरे।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।

जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत करिब १५० जना नेता तथा प्रतिनिधि कार्यशालामा सहभागी छन्। कार्यशाला आइतबार सम्पन्न हुनेछ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ५ : ५८ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि