सुहागरात बारेमा यसो भन्छ कामसूत्र « Khabarhub

सुहागरात बारेमा यसो भन्छ कामसूत्र


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वात्स्यायनले जब कामसूत्र लेखे त्यति बेला प्रेम विवाह भन्दा पनि मागी विवाहको प्रचलन बढी थियो । त्यति बेला फोन, फेसबुक र अन्य सामाजिक सञ्जाल थिएनन् ।

सामान्य अवस्थामा भन्नुपर्दा युवा युवतीले विवाहको रात मात्र राम्रोसँग आफ्नो जीवन साथीको अनुहार देख्न पाउँथे । त्यसैले सुहागरातको दिन पुरुषले के गर्ने के नगर्ने भन्ने बारेमा वात्स्यायनले केही ज्ञान दिएका थिए ।

यसका अलावा वात्स्यायनले कामसूत्रको माध्यमबाट यौन र शारीरिक सम्बन्धका बारेमा पनि जानकारी दिएका छन् ।

सुहागरातका बारेमा कामसूत्र के भन्छ ?

१.विवाहपछि पहिलो तीन दिन पति र पत्नी खाटमा नसुति जमिनमा सुत्नुपर्छ । आन्ददायी रुपमा सुत्नु र यौनलाई दिमागमा आउन दिन नहुने कामसूत्रको भनाइ छ ।

२. तीन दिनसम्म नूनको सेवन नगर्नुहोस् ।

३. अर्को सात दिनसम्म पति र पत्नी एक अर्कालाई चिन्नमा समय विताउँन् । यसका लागि उनीहरुले साथमा संगित श्रवण, खाना साथमा खाने र विवाहमा आएका पाहुनसँग भेटघार र कुराकानी गर्नुपर्छ । यसले गर्दा सम्बन्ध सुमधुर रहने गर्छ ।

४. विवाहको दशौं रातमा पुरुष स्त्री तर्फ विस्तार बढ्नुपर्छ । वात्सायनका अनुसार महिना नाजुक स्वभावकी हुन्छिन् । र यौनको कुनै पनि हतारोसँग उनी डराउँछिन् । त्यसैले यस्तो स्थितिमा सायद उनी यौनबाट सधैका लागि डराउँन सक्छिन्  । त्यसैले पुरुषले पहिला पत्निसँग नजिकिएर उसलाई अंगालो बेर्ने र यौनका लागि तयार गर्ने कार्य गर्नुपर्छ ।

५. पत्नी यदी अंकमालका लागि मानिन् भने पतिले उसलाई केही मिठाइ खुवाउने वा पान खुवाउने गर्नुपर्छ । पाख खानुको अर्थ पत्नी पनि यौन कार्यका लागि तयार छिन् भन्ने अर्थ लाग्छ ।

यदी पत्नीले पान खान मानिन् भने पतिले आग्रह गर्नुपर्छ । हात जोड्ने वा घुँडा मारेर अनुरोध गर्नुपर्ने अवस्था आएको खण्डमा पनि पर्नुपर्छ । तर जबरजस्ती शारीरिक सम्बन्ध बनाउँनु हुँदैन ।

६. यदी पत्नीले मानिन् भने उसलाई किस गरेर सोध्न जरुरी छ कि के उनी पतीसँग तत्काल यौन कार्य गर्न तयार छिन् । र उनले शिर नहल्लाउन्जेल प्रतिक्षा गर्नुपर्छ ।

वात्सायनका अनुसार जो पति पत्नीको हेरचाह गर्छ, र उसको कुरालाई मान्छ पत्नी उसका साथ यौन कार्य गर्न सहज मान्छिन् र यौनलाई गम्भीर रुपमा अनुभव पनि गर्छिन् तर जो पतिले पत्नीमाथि जवारको जस्तो व्यवहार गर्छ, यौनका लागि तयार नभएकी पत्नीलाई जबरजस्ती गर्छ त्यस्तासँग यौनको इच्छा पत्नीमा हुँदैन र जबरजस्ती गरिएको यौनमा आनन्दता प्राप्त हुँदैन ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ५ : १५ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी