नेकपा सांसदहरुलाई ओलीको निर्देशन– सरकारले गरेको राम्रा काम जनतालाई बताउनुस् « Khabarhub

नेकपा सांसदहरुलाई ओलीको निर्देशन– सरकारले गरेको राम्रा काम जनतालाई बताउनुस्


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको कामहरुलाई जनतासँग लैजान आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिवार दिउँसो बसेको नेकपा संसदीय दलको बैठकमा अध्यष ओलीले केहीले सरकारले काम गर्न नसकेको भन्दै भ्रम छरिरहेकोले त्यसलाई चिर्नुपर्ने बताए ।

परिवर्तन विरोधीहरुले सरकारका काम बारे भ्रम फैलाइरहेको भन्दै प्रधानमन्त्री ओलीले विकास निर्माण र कानूनहरु बनाउने काममा सरकारले ध्यान दिइरहेको बताए ।

सरकारका यी कामहरुका बारेमा जनतालाई बताउन उनले सांसदहरुलाई आग्रह गरे ।

सरकारले राम्रा काम गरिरहेको भए पनि त्यसको जानकारी सही रुपमा जनतासँग नपुगेका कारणले सरकारले केही गरेन भन्ने भ्रम परेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ५ : २८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी