मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प छैन–नेता बस्नेत « Khabarhub

मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प छैन–नेता बस्नेत


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा मध्यपुरथिमिमा रहेको राधेरोधस्थित भक्ति मन्दिर श्यामाश्यामधाममा राधा–माधव समितिले शनिवार आयोजना गरेको कार्यक्रममा झण्डोत्तोलन गर्दै सांसद बस्नेतले संविधानमा कुनै रङ्ग नभएकाले यसलाई राजनीतिक रङ्ग दिन नहुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले वर्तमान संविधान नेकपा, नेपाली काङ्ग्रेस, राजपालगायतका कुनै पनि एउटा राजनीतिक दलले भनेजस्तो संविधान नभई आम नेपाली जनताले भनेजस्तो र चाहेजस्तो विश्वकै उत्कृष्ट संविधान बनेको बताए ।

उनले मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प नभएको भन्दै लोकतान्त्रिक समाजवादउन्मुख संविधानको निर्माणसँगै लामो समयसम्म रहेको सामन्तवादको समूल नष्ट गर्दै मुलुकलाई नयाँ बाटोमा अघि बढ्ने आधार निर्माण गरेको बताए ।

विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्रपुरुष ढकाललगायतले भक्ति र आध्यात्मिक क्षेत्रबाट पनि समाज परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने औँल्याए ।
कार्यक्रममा डिभाइन युथ क्लब नेपालका सदस्यले राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी संविधान दिवसको दिन हिजो साँझ डिभाइन युथ क्लब नेपालका सदस्यले भक्ति मन्दिर श्यामाश्यामधाम परिसरमा दिपावली गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ०२ बजे

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा