मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प छैन–नेता बस्नेत « Khabarhub

मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प छैन–नेता बस्नेत


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा मध्यपुरथिमिमा रहेको राधेरोधस्थित भक्ति मन्दिर श्यामाश्यामधाममा राधा–माधव समितिले शनिवार आयोजना गरेको कार्यक्रममा झण्डोत्तोलन गर्दै सांसद बस्नेतले संविधानमा कुनै रङ्ग नभएकाले यसलाई राजनीतिक रङ्ग दिन नहुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले वर्तमान संविधान नेकपा, नेपाली काङ्ग्रेस, राजपालगायतका कुनै पनि एउटा राजनीतिक दलले भनेजस्तो संविधान नभई आम नेपाली जनताले भनेजस्तो र चाहेजस्तो विश्वकै उत्कृष्ट संविधान बनेको बताए ।

उनले मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प नभएको भन्दै लोकतान्त्रिक समाजवादउन्मुख संविधानको निर्माणसँगै लामो समयसम्म रहेको सामन्तवादको समूल नष्ट गर्दै मुलुकलाई नयाँ बाटोमा अघि बढ्ने आधार निर्माण गरेको बताए ।

विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्रपुरुष ढकाललगायतले भक्ति र आध्यात्मिक क्षेत्रबाट पनि समाज परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने औँल्याए ।
कार्यक्रममा डिभाइन युथ क्लब नेपालका सदस्यले राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी संविधान दिवसको दिन हिजो साँझ डिभाइन युथ क्लब नेपालका सदस्यले भक्ति मन्दिर श्यामाश्यामधाम परिसरमा दिपावली गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ०२ बजे

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी

आज २०८३ साल असार १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी