राजनीतिक सहमतिसँगै मध्यपुरथिमि नगरपालिकाको बजेट पारित « Khabarhub

राजनीतिक सहमतिसँगै मध्यपुरथिमि नगरपालिकाको बजेट पारित


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरपालिकका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा शनिबार सम्पन्न तेस्रो नगरसभाले रु एक अर्ब ६२ करोड ९५ लाखको बजेट पारित गरेको जानकारी दिए ।

असार ११ गतेभित्र सम्पन्न भइसक्नुपर्ने नगरसभामा दुईपटक आह्वान गरे पनि राजनीतिक दलहरुको विवाद र खिचातानीले रोकिएको थियो । नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र उपप्रमुख मधिकर्मीसहित दुईतिहाइ बहुमत वडाध्यक्षसहितको जनप्रतिनिधि र नगर कार्यपालिकाका सदस्यबीचको विवादका कारण नगरसभा आह्वान भए पनि पूर्णता पाउन सकेको थिएन ।

पहिलो नगरसभामा नेकपा र नेपाली काङ्ग्रेस पक्षका जनप्रतिनिधिबीच समझदारी नबनेपछि नगरप्रमुख श्रेष्ठले स्थगित गरेको नगरसभालाई उपप्रमुख मधिकर्मीले नेतृत्व लिँदै नीति तथा कार्यक्रम पारित गरे पनि त्यसलाई मान्यता दिन नमिल्ने भन्दै थप विवाद भएको थियो ।

त्यसपछि पुनः अर्को नगरसभा आह्वान गरे पनि उद्घाटनपछि बन्दसत्रमा विवाद भएकाले पुनः स्थगित गरिएको नगरसभा बैठक दुई दलका नेता र जनप्रतिनिधिबीच सहमति भएपछि जनप्रतिनिधि मात्रै सहभागी भएर बजेट तथा नीति कार्यक्रम पारित गरेको बताइएको छ ।

दशैँमा पनि तलब खान नपाइने डरले बसेको जनप्रतिनिधि र कर्मचारीले तलबसँगै अब विकासका काम पनि फुकेको कर्मचारीले बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : २३ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल