पुल बनेपछि जोखिम मोलेर खोला तर्ने बाध्यता हट्यो « Khabarhub

पुल बनेपछि जोखिम मोलेर खोला तर्ने बाध्यता हट्यो


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ ।

बर्खामा निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महिना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आधा दर्जन पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।

पुल निर्माण अगाडि बर्खाको समयमा खोलाबाट निकै जोखिम मोलेर सवारी साधन तथा पैदलयात्रु आवतजावत गर्दै आएका थिए । पुल निर्माणसँगै सवारी साधन तथा पैदलयात्रुहरुलाई एकैसाथ सहज भएको स्थानीयवासीले बताएका छन् । खहरेखोलामा झुलुङ्गे पुलसमेत नहुँदा पैदलयात्रीलाई खोला तर्नुपर्ने बाध्यता नै रहेको थियो । १८ महिनामा सक्ने गरी जयबाबा–ओखलढुङ्गाा–बिएमए निर्माण सेवाले ठेक्कामार्फत पुल निर्माण गरेको हो । समयमै मोटरेबल पुल निर्माण नहुँदा यात्रुहरुले समस्या भोगिरहेको सन्दर्भमा खहरेखोला मोटरेबल पुल भने समयअवधि भित्रै सकिएको छ ।

२० मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको उक्त पुल रु दुई करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि बिमलेश आचार्यले बताए ।

यस्तै, आगामी असारसम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्र गर्नेगरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ । अहिले खहरेखोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : ५३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले