भारतबाट नेपाल फर्कनेको आवागमन सहज बनाउन भारतीय पक्ष सहमत « Khabarhub

भारतबाट नेपाल फर्कनेको आवागमन सहज बनाउन भारतीय पक्ष सहमत


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौरीफन्टा– नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल (एसएसबी), भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिए । उनले चाडपर्व लक्षित नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा पनि दुबै पक्षबीच छलफल र समन्वय भएको बताए ।

“चाडपर्वका बेला सीमाक्षेत्रमा नेपालीहरु लुटिने र ठगिने क्रम भएका विगतका घटनालाई मध्यनजर गर्दै हामीले सीमावर्ती भारतीय सुरक्षा निकायसँग सुरक्षित आवागमनका लागि पहल शुरु गरेका छौँ ।” सशस्त्र प्रहरी उपरीक्षक साहुले भने, “सीमा क्षेत्रमा हुने लागुऔषध र मानव बेचविखन नियन्त्रणका लागि पनि दुवै देशका सुरक्षा निकायबीच गस्ती र सर्तकता बढाउने सहमति भएको छ ।”

“ब्रह्मदेव, दोधारा चादँनी र गड्डा चौकीमा संयुक्त हेल्प डेस्कलाई थप प्रभावकारी बनाइने सहमति भएको छ”, उनले भने, “नागरिकको बढी आवातजावत हुने सिमानामा थप हेल्प डेस्क राख्ने तयारीमा छौँ ।” सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्तीसमेत हुँदै आएको बताउँदै उनले पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा थप सर्तकता अपनाउनुका साथै नयाँ सुरक्षा योजना ल्याइने जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : २७ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग