‘कबड्डी ३’ को आक्रामक व्यापार, करोड बढी कलेक्सन « Khabarhub

‘कबड्डी ३’ को आक्रामक व्यापार, करोड बढी कलेक्सन


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यप्रधान चलचित्र ‘कबड्डी ३’ ले रिलिजको दुई दिनमा ३ करोड २५ लाख बराबरको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन १ करोड ४७ लाख कमाएको यो फिल्मले शनिवार झनै उत्साहित व्यापार ग¥यो ।

दशैँ नजिकिँदै गर्दा रिलिज भएको यो फिल्मले बक्स अफिसमा दर्शक तान्न सफल भएको छ । लामो समयपछि हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड लागेको हो ।

वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा अन्य फिल्मले कमाएको पुरानो रेकर्ड तोड्न सफल भएको छ ।

यो फिल्मले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको छ । फिल्मको क्रेजका कारण मल्टिप्लेक्स हलमा फिल्मको हिजै शो थपिएको थियो ।

आइतबार पनि फिल्मले उस्तै व्यापार गर्ने अनुमान गरिएको छ । यता फिल्म निर्माण टिमले चलचित्रलाई माया गरिदिएको भन्दै दर्शकलाई धन्यवाद दिएका छन् । समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

यस्तै चलचत्रिमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको स्किृप्ट निर्देशक रामबाबु गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । यसअघि फिल्मका दुई सिक्वेल सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ४३ बजे

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा