चिलीमा कर्फ्यू, कारखानामा लुटेराले आगो लगाइदिँदा पाँच जनाको मृत्यु « Khabarhub

चिलीमा कर्फ्यू, कारखानामा लुटेराले आगो लगाइदिँदा पाँच जनाको मृत्यु


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिलीको राजधानी स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ।

मुख्य सहरहरूमा कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका बीबीसीले जनाएको छ ।

मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन् । तनाव बढ्दै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ।

राष्ट्रपति सेबास्टियन पीनेराले सरकारको प्रतिक्रियाको बचाउ गरेका छन्। अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि बोल्दै उनले भने, “मलाई लाग्छ कि प्रजातन्त्रमा केवल अधिकार मात्रै हुँदैन। प्रजातन्त्रले प्रदान गर्ने सबै साधन प्रयोग गरेर आफ्नो बचाउ गर्नु पनि प्रजातन्त्र हो।”

शुक्रवार उनले देशका पाँचवटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेपनि देशभर प्रदर्शन जारी छ। उक्त सङ्कटकाल अन्तर्गत मानिसहरूलाई भेला हुन र आवतजावत गर्न रोक लगाइएको छ।

अगस्टो पिनोसेको तानाशाही शासन सकिएपछि सन् १९९० मा चिलीमा प्रजातन्त्रमा पुनर्स्थापना भएयता पहिलोपटक हजारौँ सैनिक र पानीका ट्याङ्करहरू राजधानी र अन्य सहरका सडकहरूमा पठाइएका छन् ।

आइतवार लुटपाट र आगजनी निरन्तर भयो र प्रदर्शनकारीहरूले थप बस जलाए, मेट्रो स्टेसनहरूमा तोडफोड गरे र दङ्गा प्रहरीसँग झडप गरे।

देशभर १४ सय मानिसहरू थुनामा रहेका छन् भने अधिकारीहरूका अनुसार प्रहरीसँगको झडपपछि दुईजना मानिसहरू गोली लागेर घाइते भएका छन्।

सार्वजनिक यातायातको भाडादरमा वृद्धि भएको विषयबाट उठेको उक्त अशान्तिमा शुक्रवारयता ८ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : २८ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा