महरा प्रकरण– इजलासमै पुगेर रोशनीले दिइन् निवेदन « Khabarhub

महरा प्रकरण– इजलासमै पुगेर रोशनीले दिइन् निवेदन


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीका जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी छिन् ।

आइतवार महरालाई अदालतमा उपस्थित गराइएपछि रोशनीले इजलासमै निवेदन दिएकी थिइन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमै उनले निवेदन दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनको निवेदनमा महराले आफूमाथि कुनै हिंसा नगरेको र सञ्चारमाध्यमा आएका अन्तर्वार्ता लगायका विषय पूर्वाग्रही रहेको र आफूहरुलाई फसाउन खोजिएको उल्लेख गरेको स्रोतको दाबी छ ।

उनले दिएको निवेदन इजलासले लिएर मिसिलमा संलग्न गरेको छ ।

न्यायाधीश सुवेदीको इजलासले आइतवार नै महरामाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो ।

आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै रोशनीले अरोज १२ गते प्रहरीका जाहेरी दिएकी थिइन् । त्यसपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : २२ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)