महरा प्रकरण– इजलासमै पुगेर रोशनीले दिइन् निवेदन | Khabarhub Khabarhub

महरा प्रकरण– इजलासमै पुगेर रोशनीले दिइन् निवेदन


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीका जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी छिन् ।

आइतवार महरालाई अदालतमा उपस्थित गराइएपछि रोशनीले इजलासमै निवेदन दिएकी थिइन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमै उनले निवेदन दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनको निवेदनमा महराले आफूमाथि कुनै हिंसा नगरेको र सञ्चारमाध्यमा आएका अन्तर्वार्ता लगायका विषय पूर्वाग्रही रहेको र आफूहरुलाई फसाउन खोजिएको उल्लेख गरेको स्रोतको दाबी छ ।

उनले दिएको निवेदन इजलासले लिएर मिसिलमा संलग्न गरेको छ ।

न्यायाधीश सुवेदीको इजलासले आइतवार नै महरामाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो ।

आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै रोशनीले अरोज १२ गते प्रहरीका जाहेरी दिएकी थिइन् । त्यसपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : २२ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २