‘भाइरल बाबा’ ले बिहे गरे, सामाजिक सञ्जालमा फेरि भाइरल ! « Khabarhub

‘भाइरल बाबा’ ले बिहे गरे, सामाजिक सञ्जालमा फेरि भाइरल !


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघोरी बाबाका रुपमा चर्चामा आएका भाइरल बाबाले बिहे गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । उनले बिहे गरेपछि सामाजिक सञ्जालमा भाइरल बाबाको बिहेलाई लिएर चर्चा भएको छ ।

भाइरल बाबाले शुरुशुरुका अन्तर्वार्तामा बिहे नगर्ने बताउँदै आएका थिए । उनले युवतीसँग बिहे गर्नु ‘झण्झट’ भएको भन्दै तर्किँदै आएका थिए । एक अन्तर्वार्तामा भने उनले करोडौं पैसा हुने युवती भए बिहे गर्छुृ भनेका थिए ।

उनले बिहे गरेपछि भने यो प्रेमलाई नारायणी झैँ अविरल बगेको नदीजस्तै भएका बताएका छन् । उनले आफूले यसपटक अभागी मान्छे भन्ने गर्थे । अहिले भने आफू संसारकै भाग्यमानी महसूस गरेको पनि बताए ।

‘लाइफ ड्यामेज’ भन्दै चर्चामा आएर केही विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका भाइरल बाबाले अन्तर्वार्ताका क्रममा भनेका छन् – अहिलेसम्म लाइफ ड्यामेज थियो, अब भने लाइफ म्यानेज भएको छ ।

भाइरल बाबाले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सबैको मौका आउँछ, पर्खिनुपर्छ ।’

उनले ऋषिमुनिले जस्तै आफूले पनि जोडी पाएको भन्दै यो भगवानको ‘उपहार’ का रुपमा लिएँ । यता पत्नीले पनि भाइरल बाबाका युट्युबमा अन्तर्वार्ता हेरेर मन पराएको र खोज्दै आफै भेट्न गएको बताइन् । उनले पनि यो जोडीलाई भगवानले दिएको उपहारका रुपमा लिएकी बताइन् ।

यता आफूले बिहे नै नगर्ने भन्दै बसेका भाइरल बाबाले बिहे गरेपछि सामाजिक सञ्जालमा चर्चामा छाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल बाबाले बिहे गरेको भन्दै रमाइलो बनाएका छन् । कतिले बाबाले बिहे गरेर ‘लाइफ म्यानेज’ गरेको लेखेका छन् ।

‘मर्ने बेला हरियो काँक्रो, जे होस् दाम्पत्य जीवन सुखमय होस्,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक प्रयोगकर्ताले लेखेका छन्,

‘हजुरहरुको बाँकी जीवन सधै यसरी नै सुखी अनि खुशी रहँदै जाओस्, वैवाहिक जीवनको मंगलमय शुभकामना बाबा ।’

बिहे गरेपछि अघोरी बाबाले आफ्नो जोडीलाई ‘लैला मजनू’ सँग तुलना गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : २४ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।