तिहार नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढे « Khabarhub

तिहार नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढे


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार नजिकिएसँगै राजधानीमा चोरीका घटनामा वृद्धि भएको छ ।

चाँड पर्वको बेलामा चोरीका घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन सर्वसाधारणलाई आग्रह गर्ने गरेको छ ।

आइतवार गोकर्णेश्‍वर नगरपालिका-५ गोकर्ण भैरव चोक बस्ने कृष्ण हरि कार्कीको घरबाट करिब १ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको सुनका गरगहना चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका-८ घर भएका २८ वर्षीय दिपक गौतमको कोठाबाट करिब ४ लाख २० हजार रुपैयाँ मूल्य बराबरको सुनका बिभिन्न किसिमका गरगहना आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ शिव चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका कुमार नेपालीको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना