तिहार नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढे « Khabarhub

तिहार नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढे


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार नजिकिएसँगै राजधानीमा चोरीका घटनामा वृद्धि भएको छ ।

चाँड पर्वको बेलामा चोरीका घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन सर्वसाधारणलाई आग्रह गर्ने गरेको छ ।

आइतवार गोकर्णेश्‍वर नगरपालिका-५ गोकर्ण भैरव चोक बस्ने कृष्ण हरि कार्कीको घरबाट करिब १ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको सुनका गरगहना चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका-८ घर भएका २८ वर्षीय दिपक गौतमको कोठाबाट करिब ४ लाख २० हजार रुपैयाँ मूल्य बराबरको सुनका बिभिन्न किसिमका गरगहना आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ शिव चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका कुमार नेपालीको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : २० बजे

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर