पैसा छाप्ने मेसिनसहित तीन जना पक्राउ– झाँगिदै नक्कली नोटको कारोबार « Khabarhub

पैसा छाप्ने मेसिनसहित तीन जना पक्राउ– झाँगिदै नक्कली नोटको कारोबार



काठमाडौं–भारतीय नक्कली नोटको खुबै चर्चा हुने नेपालमा अब नेपाली नक्कली नोटको चलखेलसमेत बढ्न थालेको छ ।

यति सम्मकी नक्कली नोटका कारोबारीहरुले नेपालमै नक्कली नोट छाप्ने मेसिन नै राखेर कारोबार गर्न थालेका छन् । यसको पछिल्लो उदाहारण हो – सोमबार विहान काठमाडौंको बौद्धबाट नक्कली नोट छाप्ने मेसिन सहित पक्राउ परेका तीन जनाको घटना ।

विशेष सुराकीका आधारमा सोमबार विहान महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौंको बौद्ध स्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्रियो । बृत्तका प्रमुख डिएसपी रमेश सिंहका अनुसार, प्रहरीले उनीहरुका साथबाट ३४ हजार बराबरको नक्कली नोट र नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिन सहित अन्य सामाग्री समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली छन् । डीएसपी सिंहका अनुसार, उनीहरुले काठमाडौंमा फ्याल्ट नै भाडामा लिएर नक्कली नोट छाप्ने गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका उनीहरुले विभिनन बहानामा नक्कली नोट बनाउँदै बजारमा पु¥याउँदै आएका थिए । उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याईसकेको प्रहरी समक्ष स्वीकारेका छन् ।

यस अघि गत चैतमा पनि प्रहरीले काठमाडौंको बागबजारबाट विशेष प्रकारको कला अर्थात जादु प्रयोग गरेर नक्कली नोट बनाउ“दै ठगी गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको थियो । महागरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार, उनीहरुले विभिन्न व्यक्तिलाई सक्कली नोटबाट उस्तै देखिने र कसैले पनि पत्ता नपाउने अर्को नोट बनाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।

माथि उल्लेखित दुई घटना घटना त प्रतिनिधिमुलक उदाहारणमात्र हुन् । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, पछिल्लो समय काठमाडौं शहर र वीरगञ्ज नाका आसपास कारोबारीहरुले मेसिन नै राखेर नक्कली नोट छाप्ने काम गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसो त पछिल्लो डेढ बर्षको अवधिमा काठमाडौंबाट मात्र ७ पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद् भइसकेको छ ।

यस्तो नक्कली नेपाली नोट बरामद्को श्रृङ्खला

– २०७५ चैत ४ गते नक्कली नोट कारोवारको आरोपमा जादुगर पक्राउ
– २०७५ माघ २६ गते, काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
– २०७५ कात्तिक ४ गते, काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ५ जना पक्राउ
– २०७५ असोज २६ गते, काठमाडौंको रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
– २०७५ असोज २३ गते, काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
– २०७५ जेठ २ गते, २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ६ जना पक्राउ
– २०७६ कात्तिक ४ गते, काठमाडौंको बौद्धबाट ३४ हजार रुपैयाँ बराबरको नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिन सहित ३ जना पक्राउ

प्रहरी अनुसन्धान अनुसार, काठमाडौंबाट अहिले सम्म नक्कली नोट सहित पक्राउ परेका उदाहारण हेर्दा यसमा संगठित रुपमा नै गिरोहहरु सक्रिय छन् ।

महागरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, विशेष गरी महत्वकांक्षी युवाहरु संगठीत भएर यसको कारोबारमा लागेका छन् । केही घटनामा भारतिय नागरिकको समेत संलग्नता देखिएको छ ।

यसमा संलग्न गिरोहले नक्कली नोटको कारोबार कसैलाई झुक्याउने किसिमले सानो सानो मात्रामा गर्ने गरेका छन् । रेष्टुरेन्टमा वा कुनै सामान खरीद गर्दा सक्कली नोटको विचमा मिसाएर नक्कली नोट कारोबार गर्ने गरेका छन् ।

पूर्वडिआइजी हेमन्त मल्लका अनुसार, पहिले पहिले नेपालमा भारतीय नक्कली रुपैयाँ बढी मात्रामा भेटिने गरको थियो । तर, अहिले नेपाली नोटको समेत कारोबार बढेको देखिन्छ ।

उनका अनुसार, नक्कली नेपाली रुपैयाँको बजार भनेको नेपालनै हो । कारोबारीहरुले मुख्य गरी भीडभाडमा किनमेल गर्दा या धेरै रुपैयाँको किनमेल गर्दा बीचमा नक्कली नोट घुसाएर यसको कारोबार गर्ने गरेका छन् ।

यस्तो छ कानूनी व्यवस्था

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार, खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ ।

सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारोबारीहरुलाई कारवाही अगाडी बढाउँदै आएको छ । जानकारहरु भन्छन् – नक्कली नोटको कारोबार नियन्त्रणका लागि कानूनको निर्मम कार्यानवय मात्र नभई सचेतना पनि बढाउनु पर्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  २ : १२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट