पुराण वाचकलाई शास्त्रीय मर्यादामा राख्न सम्मेलन « Khabarhub

पुराण वाचकलाई शास्त्रीय मर्यादामा राख्न सम्मेलन


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुराण वाचन गर्ने व्यासहरुलाई शास्त्रीय मर्यादाअनुरुप सङ्गठित गर्ने उद्देश्यले कथावाचकको पहिलो सम्मेलन आयोजना गरिने भएको छ ।

हाल हप्तैपिच्छे देशका विभिन्न स्थानमा श्रीमद्भागवतलगायत पुराण वाचन भइरहेको हुन्छ । घर घरमा व्यक्तिगत रुपमा मात्र सामाजिक रुपमा अस्पताल, विद्यालय, महाविद्यालय, सडक, पुललगायत संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनसमेत पुराण कथावाचन हुने गरेको छ ।

यसरी वाचन गरिने पुराण शास्त्रीय मर्यादा विपरीत भइरहेको भनी सार्वजनिक टिप्पणी हुन थालेपछि हिन्दू जागरण नेपालले व्यास सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए । कात्तिक ८ गते पशुपति क्षेत्रमा आयोजना गरिने उक्त सम्मेलनमा ३ सयभन्दा बढी कथावाचाक सहभागी हुने उनले बताए ।

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समिति, सनातन विद्वत् परिषद् नेपाललगायत संस्थाका विद्वानको पनि सहभागिता रहने छ । व्यक्ति व्यक्तिले जे मन लाग्यो त्यही गर्दा शास्त्रको वचनअनुरुप काम हुन नसकेपछि एकरुपता ल्याउन सम्मेलन आयोजना गरिएको हो ।

गुरु र शुक्र अस्त भएका बेला एवम पितृ पक्षमा समेत कथावाचन भएको भन्दै कथावाचकको आलोचना हुँदै आएको थियो ।

शास्त्रले निर्देश गरेअनुरुपका दायित्वमा कथावाचक (व्यास)लाई हिँडाउनु नै सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । मुख्यरुपमा यस क्षेत्रमा आएका विकृति रोक्न सम्मेलन सहयोगी हुने विश्वास गरिएको छ । कार्यक्रममा इतिहास पुराण एवम धर्मशास्त्रका विद्वानले कथावाचकलाई मार्ग निर्देश गर्नुहुने बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : ५५ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा