डब्लुसीएलबाट बाहिरिए पोखरा र ललितपुर « Khabarhub

डब्लुसीएलबाट बाहिरिए पोखरा र ललितपुर


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा पल्टन वुमन्स च्याम्पियनसिप (डब्लुसीएल) २०१९ मा अन्तिम खेलमा जीतसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै पोखराले आफ्नो यात्रामा बिराम लगाएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । पोखराको जीतमा ब्याटवुमन कविता कुँवरले अविजित ६१ रनको अर्धशतकीय इनिङ्स खेलिन् भने बिन्दु रावलले ४० रन प्रहार गरिन् । पोखराविरुद्ध ललितपुरकी ममता चौधरी र नेरी थापाले समान २–२ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

ललितपुरका लागि ममता चौधरीले अविजित ५२ रनको अर्धशतकीय इनिङ्स खेलिन् भने कविता जोशीले ३१ तथा सम्झना खड्काले १० रन बनाईन् ।

ललितपुरविरुद्ध पोखराकी सिता राना मगरले २ विकेट लिईन् । अन्तिम खेलमा जीत निकालेको पोखरा सान्त्वनासहित प्रतियोगिताबाट बाहिरिदा ललितपुर भने जितविहिन रहँदै आफ्नो यात्रामा बिराम लगायो ।

प्रतियोगितामा चितवन राइनोज फाइनल पुगिसकेको छ । यस्तै क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्स इलिमिनेटरमा पुगेमा पुगिसकेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ४ : ३० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको