पोखरा प्रिमियर लिग (पीपीएल) सागपछि हुने | Khabarhub Khabarhub

पोखरा प्रिमियर लिग (पीपीएल) सागपछि हुने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० फ्रेन्चाईज क्रिकेट लिग १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि हुने भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ मिति डिसेम्बर १४ देखि २८ तोकिएको छ । यसअघि पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा भएको थियो ।

मेरिलेबोन क्रिकेट क्लबको नेपाल भ्रमण र यु–१९ क्रिकेट टोलीको विदेश भ्रमण तथा सागले गर्दा मिति सार्नु परेको पीपीएलको आयोजकले जनाएको छ ।

पीपीएलका लागि अहिले क्रिकेट मैदान निर्माणको काम भइरहेको छ । साग आगामि मंसिर १५ देखि २४ सम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

अघिल्लो संस्करणको पीपीएलको उपाधि घरेलु टोली पोखरा पल्टनले उचालेको थियो । जसको नेतृत्व गरेका थिए, शरद भेषावकरले ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ४ : ११ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट