पोखरा प्रिमियर लिग (पीपीएल) सागपछि हुने « Khabarhub

पोखरा प्रिमियर लिग (पीपीएल) सागपछि हुने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० फ्रेन्चाईज क्रिकेट लिग १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि हुने भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ मिति डिसेम्बर १४ देखि २८ तोकिएको छ । यसअघि पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा भएको थियो ।

मेरिलेबोन क्रिकेट क्लबको नेपाल भ्रमण र यु–१९ क्रिकेट टोलीको विदेश भ्रमण तथा सागले गर्दा मिति सार्नु परेको पीपीएलको आयोजकले जनाएको छ ।

पीपीएलका लागि अहिले क्रिकेट मैदान निर्माणको काम भइरहेको छ । साग आगामि मंसिर १५ देखि २४ सम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

अघिल्लो संस्करणको पीपीएलको उपाधि घरेलु टोली पोखरा पल्टनले उचालेको थियो । जसको नेतृत्व गरेका थिए, शरद भेषावकरले ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ४ : ११ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी