बसबाट यात्रुको एक लाख नगद चोर्ने दुई महिला पक्राउ | Khabarhub Khabarhub

बसबाट यात्रुको एक लाख नगद चोर्ने दुई महिला पक्राउ


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – बसबाट एक लाख रुपैयाँ नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले सोमबार चारआलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा–बिर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दै गरेकी अर्जुनधारा नगरपालिका–२ की ४० वर्षीया बिमला रोक्का (सार्की) को ब्यागबाट नगद रु एक लाख चोरी भएको थियो ।

चोरी भएको थाहा पाएलगत्तै प्रहरीलाई रोक्काले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–१३ स्थित मेट्रो पेट्रोल पम्प नजिकबाट टेम्पो चढेर काँकडभिट्टातर्फ जाँदै गर्दा नगदसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : ०० बजे

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो