‘बौद्ध दर्शन जीवनको हरेक चिन्तनसँग जोडिएको हुन्छ’ « Khabarhub

‘बौद्ध दर्शन जीवनको हरेक चिन्तनसँग जोडिएको हुन्छ’


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्वान्हरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तरराष्ट्रिय दर्शन दिवसका अवसमा विहीबार आयोजना गरेको बौद्ध दर्शन र यसको अन्तरराष्ट्रिय प्रभाव विषयको विचार गोष्ठीमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्धधर्म दर्शनमा मात्र आधारित नभई यो धर्म पनि सँगै जोडिएको बताए ।

कार्यक्रममा प्रज्ञा–प्रष्ठिानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको दार्शनिक स्वरुप र नेपालले दर्शनमा पु¥याएको योगदानको अन्तरराष्ट्रियस्तरमा चर्चा हुनुपर्नेमा जोड दिनुभयो ।
साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले बौद्ध दर्शनलाई अघि नसारेसम्म भेदभावरहित समाजको निर्माण हुन नसक्ने बताए ।
“मानव आफ्नो कतव्र्यको आधारमा अगाडि बढ्नुपर्छ भन्ने विचार नै बौद्ध विचार हो ”, प्रश्रितले भने ।

प्रज्ञा –प्रष्ठिानका सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख जगत्प्रसाद उपाध्यायले संसारका विभिन्न क्षेत्रका रहेका जनताले दर्शनशास्त्रको अध्ययन गर्न पाउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ६ : ०२ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ