इजरायलका प्रधानमन्त्री नेतन्याहुमाथि भ्रष्टाचारको आरोप « Khabarhub

इजरायलका प्रधानमन्त्री नेतन्याहुमाथि भ्रष्टाचारको आरोप

६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलका महान्यायाधिवक्ताले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । नेतन्याहुले  घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको लगायतका अलग-अलग अभियोग लगाएका छन्।

नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको आरोप छ।

प्रधानमन्त्रीले ती आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको आरोप लगाए।

उनले राजीनामा नदिने र कानुनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा जोड पनि दिए।

टेलिभिजन सम्बोधनमा नेतन्याहुले अधिकारीहरू सत्यको पछि नलागेर आफ्नो पछि लागेको बताए र अनुसन्धानकर्ताहरूमाथि अनुसन्धान गर्न देशलाई आग्रह गरे।

महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफूले गह्रुँगो मनले निर्णय लिएको बताए, तर त्यसबाट इजरायलमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि नरहेको देखाएको टिप्पणी गरे।

उनले भने, “कानुनको कार्यान्वयन छनोट होइन, वामपन्थी वा दक्षिणपन्थीको विषय होइन्। यो राजनीतिक विषय होइन्। ”

महान्यायाधिवक्ताको घोषणा एप्रिल र सेप्टेम्बरमा अनिर्णित भएका चुनावपछि राजनीतिक गतिरोध कायमै रहेका बेला आएको छ।

नेतन्याहुका प्रधानमन्त्री पदका प्रतिस्पर्धी बेनी गन्ट्सले बुधवार संसद्‍मा बहुमतसहितको गठबन्धन सरकार बनाउन आफू विफल भएको बताएका थिए।

यसअघि नेतन्याहु पनि त्यसो गर्न विफल भएपछि गन्ट्सलाई उक्त प्रयास गर्ने अवसर दिइएको थियो।

राष्ट्रपति रूभेन रुबिभ्लिनले बिहीवार सांसदहरूलाई २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवारमा सहमति जुटाउन र एक वर्षभित्र तेस्रो चुनावको सम्भावना रोक्न आग्रह गरेका थिए।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ६ : ४४ बजे

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको

सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान

काठमाडौ– काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित,

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

सुरुङ्गा– पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित

‘प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा’

न्युयोर्क– मानव अधिकारवादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्यांक

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा