जडीबुटीसहित सामुदायिक वनका अध्यक्ष र सचिव पक्राउ « Khabarhub

जडीबुटीसहित सामुदायिक वनका अध्यक्ष र सचिव पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- गैर कानूनी रुपमा जडीबुटी संकलन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमाली गाउपालिका १ बामु देबीडाडा सामुदायिक बनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गैर कानूनी रुपमा जडीबुटी संकलन भईरहेको गोप्य सुचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटीयको प्रहरी टोलीले अन्दाजी एक क्युन्टल कटुकी सहीत दुई जना बन उपभोक्त समितिका पदाधिकारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक उद्धबसिंह भाटले जानकारी दिए ।

अबैध रुपमा संकलित जडीबुटी बन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेको दुबै जनालाई जिल्ला सदरमुकाम ल्याईएदै गरेको भाटले बताए । जिल्ला सदरमुकाम ल्याएर अनुसन्धान थालिने र कानून बिपरित संकलन गरिएको पाईएमा बन एैन अनुसार कार्बाही गरिने प्रहरी प्रमुख भाटले बताएको छ ।

उक्त ठाउ जिल्ला सदरमुकाम मार्तडीबाट पाँच दिनको पैदल दुरीमा पर्छ भने बिच्छाया प्रहरी चौकी रहेको कवाडीबाट दुई दिनको पैदल दुरीमा रहेको छ । बाजुरा जिल्लामा पाइने सेतकचीनी जस्तै कटुकी, पाच औले भुल्ते सेतक चीनी लगायत करोडौंको जटिबुडी इजाजत पत्र बिना संकलन र हुम्ला, जुम्ला र कालिकोट तिर निकासी भइरहेको पटक पटक सुचना आइरहने गरेका छन् ।

तस्करले चोरी छिपी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रति स्थानीय जडिबुटी व्यवसायी समेत आक्रोशित छन् । जिल्लामा जटिबुडी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमको जडिबुटी सोझै भारत र चिन लगायत देश बाहिर लिने गरिरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : ०६ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय