रियल मड्रिडका पूर्व अध्यक्ष काल्डरनले भने- वेल टोटेनहम फर्कन आवश्यक « Khabarhub

रियल मड्रिडका पूर्व अध्यक्ष काल्डरनले भने- वेल टोटेनहम फर्कन आवश्यक


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-रियल मड्रिडका पुर्व अध्यक्ष रमन काल्डरनले ग्यारेथ वेल पुन टोटेनहममा फर्कन आवश्यक रहेको बताएका छन् । स्पेनिस महारथी क्लबका पुर्व अध्यक्ष काल्डरनले वेल टोटनहम फर्कनु समस्या समाधानको उत्कृष्ट विकल्प हुने बताए ।

३० बर्षका वेलले वेल्स युरोकपमा छनोट भएपछि राष्ट्रिय झण्डामा लेखिएको वेल्स, गल्फ र मड्रिड, इन द्याट अर्डर भन्दै खुसीयाली मनाएका थिए । काल्डरनले वेललाई यदी झण्डामा लेखिएको बिषय थाहा भए, त्यो बचपना रहेको बताए ।

उनले वेल टोटेनहम फर्कनु समस्याको उत्कृष्ट समाधान रहेको उल्लेख गरेका छन् । माउरिसियो पोचिटिकोलाई स्थानान्तरण गर्दै जोसे माउरिन्हो क्लबमा आएपछि काल्डरनले वेल पुन नर्थ लण्डन क्लब फर्कन सक्ने बताएका छन् ।

उनैले ६ बर्ष अघि मड्रिडबाट विश्व कीर्तिमानी मुल्यमा बेललाई टोटेनहमबाट स्पेन ल्याएका थिए । ‘यो सत्य हो, माउरिन्होलाई वेल मन पर्छ ।’ काल्डरनले भनेका छन्, ‘उनले भनेका छन्, सन् २०१७ मा उनीले म्यान्चेष्टर युनाईटेडमा अनुबन्धनको प्रयास गरेका थिए । तर रियल मड्रिडले वेलसंगको सम्झौता नविकरण गरेको थियो ।’

वेलले क्लब भन्दा वेल्स र गल्फलाई प्राथमिकतामा राखेको भन्दै आलोचना शुरु भएको छ । चार पटकका च्याम्पियन्स लिग विजेता वेल गत जुलाईमा चाईनिज क्लब जान लागेका थिए । तर अन्तिममा रियल मड्रिडले उनलाई रोकेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : १७ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ