रेलमार्गबारे छलफल गर्न चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै « Khabarhub

रेलमार्गबारे छलफल गर्न चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली आउन लागेको हो ।

चिनियाँ टोली मङ्गसिर ९ गते नेपाल आउने छन् भने १० गते काठमाडौँमा नेपाली र चिनियाँ टोलीको विस्तृत बैठक बसी प्रस्तावित सो रेलमार्गको ‘डीपीआर’ निर्माणलगायतका विषयमा छलफल हुने छ । महाशाखाका अनुसार नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्च स्तरीय टोली काठमाडौँ आउन लागेको हो ।

चीनका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे भएको ‘एमओयू’को ‘रेस्पोन्स’का रूपमा नेपाल र चीनबीचको यो उच्च स्तरी बैठक हुन लागेको सिग्देलले बताए । यो बैठकले सो रेलमार्ग निर्माणको सम्बन्धमा थप स्पष्ट कार्यदिशा तय गर्ने उनले बताए । केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ ।

नेपाल आउन लागेको उच्च स्तरीय चिनियाँ टोलीसँगको बैठकमा सहभागी हुनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको संयोजकत्वमा १५ सदस्यीय उच्च स्तरीय वार्ता टोली गठन गरिएको सो मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा वैदेशिक महाशाखा प्रमुख सिग्देलका अनुसार टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, भूमि सुधार मन्त्रालय, रेल विभाग, सडक विभागका महानिर्देशक, सिनियर डिभिजन इन्जिनियरहरूको सहभागिता छ ।

रसुवागढीदेखि काठमाडौँसम्म करिब एक सय किलोमिटर लामो हुने नेपाल चीन जोड्ने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग चीनको सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : ४३ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न