पूर्व युवराज पारसले पर्समा आगो बाल्दै जादु देखाएपछि… (भिडियो सहित) « Khabarhub

पूर्व युवराज पारसले पर्समा आगो बाल्दै जादु देखाएपछि… (भिडियो सहित)


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पूर्व युवराज पारस शाह विभिन्न हर्कतका कारण चर्चामा रहँदै आएका छन् ।

सोनिका रोकायासँगको हिचमिच होस् या अन्नपूर्ण बेसक्याम्प हुँदै मुक्तिनाथ मन्दिरको दर्शनले नै किन नहोस् उनले चर्चा सँगै आलोचना खेप्दै आएका छन् ।

हालै उनको एउटा अर्को भिडियो सार्वजनिक भएको छ । जहाँ उनले मुखमा चुरोट च्याप्दै पर्समा आगो बालेर जादु देखाएका छन् ।

उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो टिकटकमार्फत सार्वजनिक भएको हो । खासमा उनलाई कसैले जादु देखाउन आग्रह गरेपछि उनले पर्समा आगो बालेर निभाएका छन् ।

पारसले पर्समा बालेको आगो र निभाएको शैली हेर्दा कुनै जादुगरको भन्दा कम्ता छैन ।

परिवारबाट टाढिएका पासर विन्दास जीवनशैली बिताइरहेका छन् । प्रायः उनी घुमघाममा व्यस्त हुने गरेका छन् ।

केही दिन अघि मात्र पूर्व राजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा र बुहारी हिमानीका साथमा लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ५८ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको