परराष्ट्रमन्त्री ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको भ्रमण गर्ने « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको भ्रमण गर्ने


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्ने भएका छन् ।

यही मंसिर ७ गते परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मंसिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रुस सम्बन्ध तथा सहयोगबारेमा धारणा राख्ने कार्यक्रम छ । योसँगै ज्ञवालीले रुसका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली सङ्गठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन् ।

भ्रमणको दोस्रो चरणमा मन्त्री ज्ञवाली मंसिर ११ गते बेल्ग्रेड पुग्नेछन् । नेपाल र तत्कालीन युगोस्लाभिया अर्थात् सर्वियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको छ । सर्वियामा रहँदा उनले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

बेलग्रेडमा उनी स्थानीय उद्योग वाणिज्य सङ्घ तथा यात्रा र पर्यटन व्यवसायीसँग लगानी प्रवद्र्धनका कार्यक्रममा सहभागी हुनेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वमा रुसी महासङ्घको भ्रमण गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा अन्य सरकारी अधिकारी सहभागी हुनेछन् ।

यही मंसिर १४ गते मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल सर्वियाबाट स्वदेश फर्कनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : २४ बजे

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान