बैतडीको झुलाघाट सीमा नाका आजदेखि बन्द « Khabarhub

बैतडीको झुलाघाट सीमा नाका आजदेखि बन्द


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज (शुक्राबार)देखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : १६ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार