बलात्कारको अभियोग लागेका अनेरास्ववियूका नेता जेल चलान « Khabarhub

बलात्कारको अभियोग लागेका अनेरास्ववियूका नेता जेल चलान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी ‘नेता’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबार (मंसिर ५ गते)को इजलाशले राईलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तिहारको बेला एकजना (चिनजानकै) युवतीलाई भैली खेल्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको थियो ।

अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १ : १५ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय