बलात्कारको अभियोग लागेका अनेरास्ववियूका नेता जेल चलान « Khabarhub

बलात्कारको अभियोग लागेका अनेरास्ववियूका नेता जेल चलान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी ‘नेता’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबार (मंसिर ५ गते)को इजलाशले राईलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तिहारको बेला एकजना (चिनजानकै) युवतीलाई भैली खेल्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको थियो ।

अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १ : १५ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई