१ लाख २० हजार घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

१ लाख २० हजार घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर ५ को शिक्षा विकास निर्देशनालयमा कार्यरत सव–इन्जिनियर सन्दीप पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ परेका पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भइ अन्तिम किस्ता वापतको रकम निकासा गर्ने प्रयोजनका लागि लिएको १ लाख २० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले सव–इन्जिनियर पौडेललाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा सव–इन्जिनियर पौडेलले १ लाख २० हजार रुपैयाँ घुस लिएको पृष्टि भएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारले पौडेलविरुद्ध १ लाख २० हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसारको जरिवाना र अधिकत्तम १ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ४१ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय