१ लाख २० हजार घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

१ लाख २० हजार घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर ५ को शिक्षा विकास निर्देशनालयमा कार्यरत सव–इन्जिनियर सन्दीप पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ परेका पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भइ अन्तिम किस्ता वापतको रकम निकासा गर्ने प्रयोजनका लागि लिएको १ लाख २० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले सव–इन्जिनियर पौडेललाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा सव–इन्जिनियर पौडेलले १ लाख २० हजार रुपैयाँ घुस लिएको पृष्टि भएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारले पौडेलविरुद्ध १ लाख २० हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसारको जरिवाना र अधिकत्तम १ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ४१ बजे

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको

जुटखेतीतर्फ किसानको आकर्षण

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा

मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी घाइते भएका उच्च

बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार

काभ्रे– बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी सुरु

पोखरा – पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन