मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ « Khabarhub

मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल ५ लाख घुससहित पक्राउ परेका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको जग्गासम्बन्धी मुद्दाको लागि आवश्यक पर्ने कागजात उपलब्ध गराउनका लागि भन्दै लिएको ५ लाख घुससहित मण्डल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले मण्डलाई घुससहित पक्राउ गरेको हो ।

मण्डलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : १० बजे

झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

बेइजिङ- चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उनको अन्त्येष्टिअघि मङ्गलबार बेइजिङका

प्रस्तावित सवारी ऐन संशोधन गर्न यातायात मजदुर संगठनको माग

बुटवल- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात

१९ अंकले घट्यो नेप्से, व्यापार समूहमा गयो पहिरो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अंकले घटेको छ

प्रधानमन्त्री बालेन भेट्न पुगे भारतीय सेनाध्यक्ष सेठ (तस्बिरहरू)

काठमाडौं– भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र

‘नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाललाई