‘नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौँ’ « Khabarhub

‘नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौँ’


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन कुटनीतिक पहल र प्राविधिक सुधारसंगसंगै अघि बढाइएको जानकारी दिए । 

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तर्जुमा भइसकेको बताए ।

उक्त विधेयक स्वीकृतिका छिटै संसदमा पेस गर्ने तयारी भएको उनले बताए  । मन्त्री पौडेलले नेपालका लागि युरोपेली संघका राजदूत तथा इयु सदस्य राष्ट्रहरूका (नेपालस्थित र गैर–आवासीय) राजदूतहरूसँग छलफल गरेको जानकारी दिए  ।

नेपालले उड्डयन सुरक्षामा गरेका वास्तविक सुधार, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी दिशाबारे जानकारी गराउँदै सकारात्मक सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

इयुको सुरक्षा सूचीबाट हट्न केवल कूटनीतिक पहल मात्र पर्याप्त नहुने भएकाले वास्तविक र मापनयोग्य प्राविधिक सुधार नै मुख्य आधार रहेको उनले बताए  । 

युरोपेली संघबाट प्राप्त हुने सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजाका आधारमा थप आवश्यक कदमहरू अघि बढाइने उनको भनाइ छ । 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ३ : ०६ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर