रत्नपार्कमा बसेर ड्रग्सको कारोबार, ग्राहक बनेर गएको प्रहरीद्वारा ३ जना पक्राउ « Khabarhub

रत्नपार्कमा बसेर ड्रग्सको कारोबार, ग्राहक बनेर गएको प्रहरीद्वारा ३ जना पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको रत्नपार्क लगायत क्षेत्रमा लागू औषध बिक्री गर्ने गिरोहका सदस्य पक्राउ परेका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखिको अनुसन्धानपछि रत्नपार्क लगायत काठमाडौंका शहरी क्षेत्रमा लागू औषध बिक्री गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोबाट ग्राहकको रुपमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३६ वर्षीया महिलासहित २ पुरुष छन् ।

प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका घर भएका ५५ वर्षीय रमेश शिवभक्ति, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका घर भएकी ३६ वर्षीया सुनिता गोले र काभ्रेको चन्द्रोदय गाउँपालिका घर भएका २४ वर्षीय धनबहादुर वाइवा रत्नपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरीले ५५ वर्षीय शिवभक्तिको साथबाट डाईजेपाम १९४ एम्पुल, ब्रुफेनोर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल बरामद गरेको छ ।

यस्तै, सुनिता र धनबहादुरको साथबाट डाईजेपाम १४८७ एम्पुल, ब्रुफेनोर्फिन १५६४ एम्पुल, फेनारगन १५७० एम्पुल र लागू औषध नाईट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेट बरामद भएको ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ परेका रमेश शिवभक्ती र धनवहादुर वाईवा यसअघि पनि लागू औषध कारोवारमा संलग्न रहेका पाइएको छ । उनीहरू नेपाल भारतको सिमा नाकाबाट नियन्त्रित मनोद्विपक पदार्थ काठमाण्डौ भित्र्याउने मुख्य व्यक्तिहरु रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ३९ बजे

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य