स्मार्टफोनका कमजोरी पत्ता लगाइदिनेलाई गुगलले १७ करोड रुपैयाँ दिने ! « Khabarhub

स्मार्टफोनका कमजोरी पत्ता लगाइदिनेलाई गुगलले १७ करोड रुपैयाँ दिने !


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना केही एन्ड्रोइड स्मार्टफोनमा भएका सुरक्षा त्रुटि पहिचान गरिदिनेलाई प्रविधि कम्पनी गुगलले न्यूनतम दुई लाख अमेरिकी डलर (दुई करोड ३० लाख नेपाली रुपैयाँ) देखि अधिकतम १५ लाख अमेरिकी डलर (१७ करोड २५ लाख रुपैयाँ) सम्म पुरस्कार दिने भएको छ ।

उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको टाइटन एम सुरक्षा चिपमा त्रुटि फेला पार्नुपर्ने बीबीसीले जनाएको छ । त्यसो गर्दा केही निश्चित मापदण्ड पनि पूरा भएको हुनुपर्छ । सुरक्षासम्बन्धी विषयका शोधकर्ताहरूलाई सन् २०१५ पछि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम पुरस्कार दिइसकेको गुगलले बताएको छ ।

तर गुगलले दिने आर्थिक प्रोत्साहनले मानिसहरूलाई अपराधीहरूबाट पैसा लिन रोक्छ भन्ने कुरामा केही विज्ञहरू विश्वास गर्दैनन् । एपल, बजफीड, फेसबुक र सामसङ जस्ता कम्पनीहरूले पनि सुरक्षा त्रुटिबारे जानकारी गराउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेका छन् ।

अपराधीहरूलाई बेच्नुको साटो समस्या समाधान गर्न सकियोस् भनेर प्रविधि कम्पनीहरूले मानिसहरूलाई त्रुटिबारे जानकारी दिन आग्रह गर्ने गरेका छन्। त्रुटिबारे जानकारी दिनेलाई उनीहरूले आफ्नो ‘बग बाउन्टी’ योजनाअन्तर्गत पुरस्कृत गर्छन् ।

पिक्सल स्मार्टफोनमा टाइटन एम सेक्युरिटी चिप अपरेटिङ सिस्टमको रक्षा गर्न तथा फोन अन्लक गर्न प्रयोग गरिने बायोमेट्रिक डेटा राख्न बनाइएको हो ।

पन्ध्र लाख अमेरिकी डलर प्राप्त गर्नका लागि शोधकर्ताहरूले उत्पादकले बनाएको विशेष एन्ड्रोइड फोनमा जडित चिपलाई असर पार्न सक्ने तरिका खोज्नुपर्ने हुन्छ ।

तर एक विश्लेषकले भने पुरस्कार रकम बढाउँदैमा त्यस्ता त्रुटि पत्ता लगाउन सक्नेहरूको व्यवहारमा परिवर्तन नआउने बताएका छन् ।

“एपलले रकम बढाएर १० लाख अमेरिकी डलर बनाए जस्तै गुगलको कदमले पनि अपराधीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन,” लुटा सेक्युरिटीकी प्रमुख कार्यकारी केटी मुसोहीले बताइन्, “किनभने उनीहरूले जुनसुकै बेला मूल्य बढाइदिन सक्छन् ।”

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : २३ बजे

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक

झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि…

काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान