ब्राजिलियन रोनाल्डोका प्रशंसक जापानी मिनामिनोको बेलायत ‘उडान’ ! | Khabarhub Khabarhub

ब्राजिलियन रोनाल्डोका प्रशंसक जापानी मिनामिनोको बेलायत ‘उडान’ !


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जब एक खेलाडी खेलकुदमा लाग्छ शुरुमा उसले घरेलु क्लबबाट खेल्ने सपना देख्दछ । विस्तारै त्यो सामान्य लाग्न थाल्छ र उ महत्वाकांक्षी बन्दै राष्ट्रिय टोली ताक्छ । जब उ राष्ट्रिय टोलीमा पुग्छ, उसले अन्तर्राष्ट्रिय क्लबहरुबाट खेल्ने सपना देख्दछ ।

त्यसमा कति सफल हुन्छन् कति असफल । सानो ठूलो क्लबमा खेलिरहेकै हुन्छन् । खेलाडीहरु आफूलाई अब्बल सावित गर्न खोजिरहेकै हुन्छन् । यस्तै सपना देखेको थिए- जापानी फुटबलर ताकुमी मिनामिनोले ।

उनले जापानको एक गाउँबाट थालेको फुटबल संघर्ष अहिले जापानको राष्ट्रिय टोली हुँदै व्यावसायिक फुटबलका लागि बेलायतसम्म पुगिसकेको छ ।

मिनामिनोको चर्चा तव भयो जब उनी इङ्ग्लिस क्लब लिभरपुलमा आवद्ध भए । उनलाई अहिले ‘च्याम्पियन’ भन्न इङ्ग्ल्यान्डका पत्रपत्रिका हिचकिचाउँदैनन् । बिबीसीले लेखेको छ,‘ताकुमी मिनामिनो एक विजेता हुन् अर्थात, त्यो नभए पनि उनी जित्न चहान्छन् ।’

गत बिहीबार साढे ४ बर्षका लागि प्रिमियर लिगमा ३४ खेलसम्म अपराजित रहको लिभरपुलसँग सम्झौता गरेका उनको यो अहिलेसम्मकै ठूलो उडान हो ।

सानोमा हुँदा उनी फुटबल खेल्न चहान्थे । जब उनी फुटबलमा लागे उनले सधै फुटबललाई मात्रै माया गरे ।

मिनामिनो स्थानीय क्लबमा खेल्थे । तर, त्यहाँ उनी मैदानमा भन्दा धेरै बेञ्चमा बस्थे । उनले स्थानीय सेस्सेल कुमातोरिबाट खेले जबसम्म उनी केरेजो ओसाकामा आवद्ध भएनन् ।

युवा अवस्थामै उनले प्रशिक्षकलाई भनेका थिए,‘किन मलाई बेञ्चमा राख्छौं । मलाई फुटबल खेल्न देउ म फुटबललाई माया गर्छु ।’

अहिलेसम्म जापानी कुनै पनि खेलाडीले प्रशिक्षकसँग मलाई खेल्न देउ भनेर भगडा गरेको सुनिएको छैन । मिनामिनोले सानोमै भनेका थिए । जुन उनले अहिलेसम्म आइपुग्दा प्रमाणित गरेका छन् । कि उनी राम्रो खेल्न सक्ने र फुटबललाई माया गर्नै खेलाडी हुन् ।

मिनामिनो वेल्सको रेडबुल साल्जबर्ग खेल्ने पहिलो खेलाडी समेत हुन् ।

‘रोनाल्डोबाट प्रभावित’

अहिले विश्व फुटबलमा कुनै पनि खेलाडीका लागि पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रेणाका स्रोत बन्न सक्छन् ।

तर, मिनामिनो भने ब्राजिलियन पूर्व फुटबलर रोनाल्डोका प्रशंसक हुन् ।

रोनाल्डोले जापान सह आयोजक बनेको २००२ को विश्वकपमा सबैभन्दा धेरै गोल गरेका थिए । मिनामिनो उनको फिनिसिङ र ड्रिबिलिङ टेक्निकबाट प्रभावित रहेको बताए ।

रोनाल्डोले २४ बर्षको उमेरमा खेल्ने शैली अहिले मिनामिनोले पछ्याउने गरेका छन् । त्यतिमात्रै होइन लिभरपुलका नयाँ सदस्य मिनामिनो आफ्ना दाजु कान्टेबाट पनि प्रभावित रहेको बताएका छन् ।

उनका दाजु कुनै समय आफै फुटबल खेल्ने गर्थे तर, पछि उनले भाइलाई फुटबल खेल्ने माहोल बनाइ दिएर आफू टाढिएका थिए ।

मिनामिनोका लागि लिभरपुलमा स्थान बनाउन पनि गाह्रो नभएको बिबिसीको विश्लेषण छ । उनले रेडबुल साल्जबर्गमा रहँदा लिगमा ४२ गोल गरेर २० असिस्ट गरेका थिए ।

लिभरपुलबाट खेल्ने सपना पूरा भएको मिनिामिनोले बिहीबारै बताइसकेका छन् । तर, अब उनले लिभरपलका लागि मैदान उत्रिन गर्नु पर्ने संघर्षको बाटो खुल्नेछ ।

उनले आफूलाई कति प्रमाणित गर्न सक्छन् भन्ने समयले बताउँने छ ।

 

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : १४ बजे

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट

मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउँछौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाको सबलीकरण र

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय