क्लब विश्वकपको उपाधि लिभरपुलको पोल्टामा « Khabarhub

क्लब विश्वकपको उपाधि लिभरपुलको पोल्टामा


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो ।

विश्वकपको तयारी गरिरहेको कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो फाईनल पुगेका थिए ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा ब्राजिली स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई उपाधि दिलाए । उनले खेलको ९९ औं मिनेटमा गोल गरेका थिए ।

निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । तर भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्द गरे ।

लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो । क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ४७ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक