क्लब विश्वकपको उपाधि लिभरपुलको पोल्टामा | Khabarhub Khabarhub

क्लब विश्वकपको उपाधि लिभरपुलको पोल्टामा


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो ।

विश्वकपको तयारी गरिरहेको कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो फाईनल पुगेका थिए ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा ब्राजिली स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई उपाधि दिलाए । उनले खेलको ९९ औं मिनेटमा गोल गरेका थिए ।

निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । तर भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्द गरे ।

लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो । क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ४७ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११