आजको मौसम : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु « Khabarhub

आजको मौसम : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ ।

त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ । पश्चिमी भूभागलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी /हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशका पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

महाशाखाको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

पुस ६ गते (आइतबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदलिको अवस्था छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदलिको अवस्था छ । बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ।

पुस ७ गते (सोमबार)

दिउँसो : देशको पूर्वी पहाडि भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशभर आन्शिक देखि सामान्य बदलिको अवस्था रहने छ ।

पुस ८ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहने छ ।

राति : देशको मध्य तथा पूर्वि भूभागमा आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : २३ बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा