ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षकलाई मृत्युदण्डको सजाय « Khabarhub

ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षकलाई मृत्युदण्डको सजाय


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई मृत्युदण्ड सजाय सुनाइएको छ । पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा जुनैद हफिजलाई सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो ।

अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए । हफिजका वकिलले फैसलालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै त्यसविरूद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन् ।

पाकिस्तानमा धर्मनिन्दालाई गम्भीर रूपमा हेर्ने गरिन्छ। र आरोप मात्रै लागेकाहरू पनि अतिवादी समूहहरूको निशानामा पर्ने गरेका छन् ।

हफिजको मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहान सन् २०१४ मा एकजना बन्धुकधारीबाट मारिएका थिए ।

जेलभित्रै अन्य बन्दीहरूबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठमा कैद गरिएको थियो । अदालतको फैसला उनलाई राखिएको मुल्तान शहरस्थित केन्द्रीय कारागारमा सुनाएको हो ।

अमेरिकामा अध्ययनपश्चात पाकिस्तान फर्किएका हफिजले बहाउद्दिन जकारिया युनिभर्सिटीमा पढाइरहेका थिए र त्यहाँबाटै उनी पक्राउ परेका थिए ।

धर्मनिन्दा गरेको भन्दै अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ। ती कसैको पनि सजाय कार्यान्वयन भने गरिएको छैन ।

अभियोजनकर्ता वकिलहरूले भने फैसलापछि ‘ईश्वरको निन्दा गर्नेलाई मृत्यु’ भन्दै नारावाजी गरेर र आपसमा मिठाई बाँडेर खुसीयाली मनाएका थिए ।

एमनेस्टी इन्टरन्याश्नलले फैसलाबाट निकै ‘दु:खी र आश्चर्यचकित’ भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ । पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ ।

इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र धर्मनिन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन रहिआएको छ । सन् १९९० को दशकयता कैयौँ इसाईहरू पनि धर्मनिन्दाको आरोपमा दोषी ठहर भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : ४८ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको