ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षकलाई मृत्युदण्डको सजाय | Khabarhub Khabarhub

ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षकलाई मृत्युदण्डको सजाय


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई मृत्युदण्ड सजाय सुनाइएको छ । पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा जुनैद हफिजलाई सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो ।

अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए । हफिजका वकिलले फैसलालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै त्यसविरूद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन् ।

पाकिस्तानमा धर्मनिन्दालाई गम्भीर रूपमा हेर्ने गरिन्छ। र आरोप मात्रै लागेकाहरू पनि अतिवादी समूहहरूको निशानामा पर्ने गरेका छन् ।

हफिजको मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहान सन् २०१४ मा एकजना बन्धुकधारीबाट मारिएका थिए ।

जेलभित्रै अन्य बन्दीहरूबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठमा कैद गरिएको थियो । अदालतको फैसला उनलाई राखिएको मुल्तान शहरस्थित केन्द्रीय कारागारमा सुनाएको हो ।

अमेरिकामा अध्ययनपश्चात पाकिस्तान फर्किएका हफिजले बहाउद्दिन जकारिया युनिभर्सिटीमा पढाइरहेका थिए र त्यहाँबाटै उनी पक्राउ परेका थिए ।

धर्मनिन्दा गरेको भन्दै अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ। ती कसैको पनि सजाय कार्यान्वयन भने गरिएको छैन ।

अभियोजनकर्ता वकिलहरूले भने फैसलापछि ‘ईश्वरको निन्दा गर्नेलाई मृत्यु’ भन्दै नारावाजी गरेर र आपसमा मिठाई बाँडेर खुसीयाली मनाएका थिए ।

एमनेस्टी इन्टरन्याश्नलले फैसलाबाट निकै ‘दु:खी र आश्चर्यचकित’ भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ । पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ ।

इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र धर्मनिन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन रहिआएको छ । सन् १९९० को दशकयता कैयौँ इसाईहरू पनि धर्मनिन्दाको आरोपमा दोषी ठहर भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : ४८ बजे

जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश

संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानलाई समयानुकूल परिमार्जन

गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन

न्युयोर्क– इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त

रास्वपा सुधार्दै मध्यममार्गी राजनीतिक शक्ति बनाउन तोसिमाले सुझाइन् ४ उपाय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा

संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री