पीपीएल : चितवनको लगातार चौथो जित « Khabarhub

पीपीएल : चितवनको लगातार चौथो जित


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार चौथो जित हात पारेको छ ।

आइतबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै पीपीएलमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले दिएको १सय४७ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर मात्रै १सय२८ रन बनाउन सक्यो ।

विराटनगरलाई १२८ रनमा रोक्न चितवनका करण केसी र भुवन कार्कीले उत्कृष्ट बलिङ गरे । विराटनगरका लागि लोकस बमले ६२ रन बनाएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३६ बलमा ५ छक्का र ५ चौका प्रहार गरेका थिए । यस्तै, पुनित मेहराले २४ रन र नोमन खानले १६ न बनाएका थिए ।

विराटनगरविरुद्ध चितवनका करण केसी र भुवन कार्कीले ३ विकेट लिए भने रोहन मुस्तफाले २ र सन्नी पटेलले १ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको चितवनले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय४६ रन बनाएको थियो ।

चितवनका लागि आरिफ शेखले ३९ रन बनाए भने, कप्तान पारस खड्काले ३५ रन, सन्नी पटेलले २७ रन, बाबर हायतले २५ रन बनाएका थिए । चितवनविरुद्ध विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहम्मद जायद खानले समान एक–एक विकेट लिएका थिए ।

लगातार तिन खेलमा जित हात पारेको चितवन ६ अंकसहित शीर्ष स्थानमा यथावत छ भने विराटनगर तीन खेलमा २ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ०१ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप