पीपीएल : चितवनको लगातार चौथो जित « Khabarhub

पीपीएल : चितवनको लगातार चौथो जित


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार चौथो जित हात पारेको छ ।

आइतबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै पीपीएलमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले दिएको १सय४७ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर मात्रै १सय२८ रन बनाउन सक्यो ।

विराटनगरलाई १२८ रनमा रोक्न चितवनका करण केसी र भुवन कार्कीले उत्कृष्ट बलिङ गरे । विराटनगरका लागि लोकस बमले ६२ रन बनाएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३६ बलमा ५ छक्का र ५ चौका प्रहार गरेका थिए । यस्तै, पुनित मेहराले २४ रन र नोमन खानले १६ न बनाएका थिए ।

विराटनगरविरुद्ध चितवनका करण केसी र भुवन कार्कीले ३ विकेट लिए भने रोहन मुस्तफाले २ र सन्नी पटेलले १ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको चितवनले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय४६ रन बनाएको थियो ।

चितवनका लागि आरिफ शेखले ३९ रन बनाए भने, कप्तान पारस खड्काले ३५ रन, सन्नी पटेलले २७ रन, बाबर हायतले २५ रन बनाएका थिए । चितवनविरुद्ध विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहम्मद जायद खानले समान एक–एक विकेट लिएका थिए ।

लगातार तिन खेलमा जित हात पारेको चितवन ६ अंकसहित शीर्ष स्थानमा यथावत छ भने विराटनगर तीन खेलमा २ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ०१ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि