पूर्वश्रम स्वीकृतिको विवरण अब अनलाइनबाटै « Khabarhub

पूर्वश्रम स्वीकृतिको विवरण अब अनलाइनबाटै


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वश्रम स्वीकृतिको विवरण अनलाइन प्रणालीबाटै काम हुने भएको छ ।

पूर्वश्रम स्वीकृतिको फाइल लिएर म्यानपावर व्यवसायी अब वैदेशिक रोजगार विभाग अन्र्तगतको श्रम कार्यालय धाउनु नपर्ने भएको छ । विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्वश्रम स्वीकृतिको परीक्षण शुरु गरेको छ ।

म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् । त्यसपछि पूर्वश्रम स्वीकृतिका लागि अनलाइन हुन्छ । यसरी अनलाइन भएको सवै विवरण सम्बन्धीत म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।

त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तवाता लिन पाउँछन् । हाल पूर्वश्रम स्वीकृति कागज रुपमा लिएर अन्तवाता लिदै आएका थिए । अब भने अन्तर्वार्ता लिएको विवरण पनि अनलाइन प्रणालीमा समावेश हुन्छ ।

वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने अनलाइन प्रणालीको विकास गर्ने लागेको विभाग महानिर्देशक डा.भीष्म भुसालले जानकारी दिएका छन् ।

अनलाइन प्रणालीबाट काम गर्ने थालेपछि विगतका तुलनामा धेरै समस्या समाधान हुदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ०६ बजे

अमेरिका-इरान वार्ताको चर्चा : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत