सुनसरीमा अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद « Khabarhub

सुनसरीमा अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियार  र विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा हतियारको खोजीमा निस्किएको प्रहरी टोलीले जमिन खनेर हतियार र गोली बरामद गरेको हो ।

प्रहरीले हतियार फेला पारेको क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी शुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकारीले द्वन्द्वकालका बेला तत्कालीन माओवादीका सेनाहरुले प्रयोग गरेको हतियार लुकाएर राखिएको हुनसक्ने बताए ।

आइतबार बरामद भएका हतियारको प्रकारबारे प्रहरीले आधिकारिक रुपमा केही बताएको छैन । तर, जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले आइतबार बरामद भएका हतियारमा सर्ट मेसिन गन (एसएमजी) छन् । यद्यपि हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ३ : ४३ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान