चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै « Khabarhub

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ  प्रत्यक्ष उडानहरू पुन : सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ । यस अघि दुई राजधानीहरू बीच रेल सेवाहरू छ वर्षको अवरोध पछि  गत बिहीबार देखि पुनः सुरु भइसकेको जनाइएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको मुख्य स्रोत हो । यद्यपि, कोभिड – १९ महामारीको समयमा सीमा बन्द भए पछि सन् २०२० देखि दुई देश बीचको यात्रामा कटौती गरिएको थियो ।

फ्लाइट सिए – १२१ बेइजिङ एयरपोर्टबाट प्योङयाङका लागि प्रस्थान गर्ने र सोही दिन फिर्ती उडान गर्ने कार्यक्रम तय गरिएको छ ।

उत्तर कोरियाको सरकारी एयर कोर्योले सन् २०२३ मा बेइजिङबाट प्योङयाङ जाने उडान पुनः सुरु गरेको थियो । चिनियाँ ट्राभल एजेन्सीहरूले सामाजिक सञ्जालमा उत्तर कोरियाका लागि भ्रमण प्याकेजहरूको विज्ञापन गर्न थालेका छन्, यद्यपि पर्यटन पुनः सुरु भएको कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

पहिलो यात्रुहरू विद्यार्थी, कामदार र सीमापार पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू हुने अपेक्षा गरिएको छ । उडानको घोषणा पर्यटनका लागि आशाजनक भए पनि पश्चिमी पर्यटकहरूका बारेमा अझै कुनै पुष्टि भएको छैन ।

सन् २०१९ पछि पहिलो प्योङयाङ म्याराथनमा भाग लिन केही विदेशी पर्यटकहरूले सन् २०२५ अप्रिल मा उत्तर कोरिया भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : ०५ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ