ए डिभिजन लिग फुटबलः एपीएफ र हिमालयन शेर्पाले अंक बाँडे « Khabarhub

ए डिभिजन लिग फुटबलः एपीएफ र हिमालयन शेर्पाले अंक बाँडे


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र हिमालयन क्लबसँग अंक बाँडेको छ ।

आइतबार दिउँसो भएको खेलमा एपीएफ र हिमालयनले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित रंगशालामा भएको खेलमा एपीएफ र हिमालयन क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

तर, खेलको ४७ औं मिनेटमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल गर्दै टिमलाई विभागीय क्लबविरुद्ध अग्रता दिलाएको थिए । त्यसको ठिक ११ मिनेटपछि एपीएफ क्लबका प्रविन कुमार स्याङ्तानले हिमालयन शेर्पाविरुद्ध बराबरी गोल फर्काए ।

स्याङ्तानले ५८ औं मिनेटमा गोल गरेका थिए । बराबरी खेलेको एपीएफले् अंक तालिकामा खाता खोलेको छ । एपीएफले दुई खेलबाट १ अंक बटुलेको छ भने हिमालयन शेर्पाले दुई खेल बराबरी खेल्दै २ अंक जोडेको छ ।

लिगमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लबबीचको खेल दिउँसो १२ बजे दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल पनि दशरथ रंगशाला थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे हुनेछ ।

 

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : १७ बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा