ल्होसारमा बिदा माग्दै गुरुङ समुदायद्वारा पोखरामा प्रदर्शन « Khabarhub

ल्होसारमा बिदा माग्दै गुरुङ समुदायद्वारा पोखरामा प्रदर्शन


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पुस १५ गते तमु ल्होसारको दिन सार्वजनिक विदाको माग गर्दै पोखरामा गुरुङ समुदायले प्रदर्शन गरेका छन्।

पोखराको चिप्लेढुङ्गामा जम्मा भएर उनीहरूले मानव साङ्लो सहित प्रदर्शन गरेका हुन्।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय समितिले सातै प्रदेशमा ल्होसारमा सार्वजनिक बिदाको माग गर्न दबाबस्वरुप मानव साङ्लो प्रदर्शन गरेको जानकारी दिए ।

प्रदर्शनमा उनीहरूले ल्होसारमा बिदा नदिए संघर्ष गर्ने चेतावनी दिए। तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव मनोज गुरुङले तमु ल्होसारमा दिइएको बिदा कटौती गरेर गुरुङहरूको संस्कृतिमा सरकारले दमन गरेको आरोप लगाए।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले सरकारले तमु समुदायको अधिकार खोसिएको गुनासो गरे। अघिल्लो वर्ष तमु ल्होसारमा कोगण्डकी प्रदेशमा बिदा दिइएको थियो।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : ०० बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।