चुनाव भारतको, मानमर्दन नेपालको « Khabarhub

चुनाव भारतको, मानमर्दन नेपालको


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतमा लोकसभा चुनाव आउन केही सातामात्र बाँकी रहँदा राजनीतिक नेताहरुबीच नेपाल र नेपालीको मानमर्दन हुने गरी टिप्पणी गर्ने क्रम बढेको छ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’ (म पनि चौकीदार) अभियानको मंगलबार विरोध गर्ने क्रममा नेपाल लक्षित टिप्पणी गरेको कान्तिपुरमा खबर छ ।

मोदीको उक्त अभियानको विरोध गर्दै ठाकरेले लोकसभा चुनाव नेपालमा नभएर भारतमा हुन लागेको टिप्पणी गरे । सन २०१४ को चुनावमा पनि मोदीले आफू मुलुकको चौकीदार भएको दाबी गरेका थिए ।

चिनियाँको चासो बढी शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ। काठमाडौंमा आगामी साता हुने लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढी सहभागी हुने भएका छन् । लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकोमा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएका छन् ।

त्यस्तै चन्द समूहलाई वार्ताबाट समस्याको समाधान खोज्ने गरी संवादमा आउन सरकारले आग्रह गरेको, मेडिकल कलेजले बढी शुल्क फिर्ता गर्नुपर्ने निर्णय भएको, नागरिकताबारे संविधानमा समान र विधेयकमा विभेद भएको, सरकारले जापानसँग श्रम समझदारी गर्न लागेको, भारतसँग सरकराले २ रेल किन्ने भएको लगायतका समाचार प्राथमिकताका साथ छापिएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ७ : १९ बजे

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन

वर्षाले चितवनको रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

चितवन– अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि