गणतन्त्र र संघीयताबाट मुलुक पछाडि फर्कन सक्दैन– डा. शेखर कोइराला « Khabarhub

गणतन्त्र र संघीयताबाट मुलुक पछाडि फर्कन सक्दैन– डा. शेखर कोइराला


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनैपनि हालतमा पछाडि फर्कन नसक्ने बताएका छन् ।

डा कोइरालाले शहीदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।

राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुँने बताउँदै डा.कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनुपर्ने बताए ।

जिपी फाउण्डेशन काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै डा कोइरालाले संवैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले झस्काएको बताए । कोइरालाले भने,‘हाम्रो संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको छ तर अहिले राष्ट्रपतिलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हित गर्दैन ।’

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले मुलुक र प्रजातन्त्रका लागि कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन् ।

अर्का नेता गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संविधानसँग बाझिने कुरा गर्दै नहिँड्न आग्रह गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : ३९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा