आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र आउन विप्लवलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र आउन विप्लवलाई प्रधानमन्त्रीको आग्रह


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् ।

गौतमवुद्ध विमानस्थलको अवलोकनका लागि पुगेका प्रधानमन्त्रीले विप्लव समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताए । उनले सीके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए ।

पत्रकारले सोधेको प्रश्नका जवाफमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने जानकारी दिए ।

प्रधानमन्त्री ओली बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्न रुपन्देही पुगेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : ४७ बजे

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी